जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

बिदेशी भुमी यो सन्नाटा बाट प्रियमित्र हरुलाई बिदाइको दुई शब्द

11:45 PM Edit This 0 Comments »
खै किन हो आज मन उदास भएको छ् केही पाए जस्तो केही गुमाए जस्तो कतै मौनताभित्र स्थिर छ् ।मनमा अनेकौ कौतुहलताको ज्वारभाटा मडारिएको छ् ।  वरिपरि चारैतिर शुन्य छाएको छ् बस पारी क्षितिज बाहेक । अब केही दिनमा अहिले बसिरहेको यो कुर्ची खाली हुनेछ टेबल उदाङ्गो हुनेछ कम्प्युटरमा अध्यारो छाउनेछ दु:ख सुखमा साथ् दिएका साथीहरुको साथ छुट्नेछ र बस यो धर्तिले एउटा बोझ घटाऊनेछ ।

समय पनि कती चाँडै हिडिसकेछ । थाहै नपाई सेकेन्ड मिनेट घण्टा दिन सप्ताह महिना हुँदै बर्ष बितिसकेछ । भर्खर जस्तो लाग्छ बिदेशी यो सुन्यतामा परिचयात्मक् ति क्षण हरु एक आपसमा साटिएका आत्मिक ति भाबना हरु .... । म आफुलाई सौभाग्यवान ठान्छु यो सुन्यतामा आफुलाई तपाईंहरु सामु प्रत्यक्ष या अप्रत्यक्ष रुपमा परिचित् गराउन पाउदा र तपाईंहरुलाई यो बिरानो भुमिमा आफन्तको रुपमा भेट्दा ।

साँचै कती रमाइलो थियो ति दिनहरु यो सन्नाटामा कामको ब्यस्तताको बाबजुध पनि तपाइहरु सँगको ठट्टा हाँसी मजाक संगै बसेर खाएका ति क्षण हरु मेल बक्स नै फुल हुने गरी एक अर्का प्रतिको गाली गलौज आरोप प्रत्यारोप या तपाईंहरुले पस्कनु भएको गीत गजल कथा कबिता फिल्म फोटो यि सबै मेरा मन मस्तिस्क मा सुरक्षित रहनेछ एक अमिट्  छाप बनेर  जहाँ चाहे अश्लीलता नै किन नहोस्  । तपाईंहरुले दर्शाउनु भएको सदभाब सहयोग हातेमालो र मित्रता त्यो अविष्मरणीय रहनेछ  आजन्म सम्म  जिन्दगीको यो दौडान् मा जानी नजानी कयौ गल्ती हरु भए होलान एक अन्जान मित्र सम्झेर माफ गरिदिनु हुनेछ भन्ने पूर्ण बिस्वस्त छु ।

म फर्कदै छु आफ्नै वास्तविकतामा जहाँ मेरो अतित लुकेको छ् जहाँ मेरो भबिश्य कोरिएको छ । जिबनको केही अध्याय यो सन्नाटामा समर्पित गरे । फेरी अर्को अध्याय स्वरुप जिन्दगीको नयाँ आयाम लिएर यात्रावत् हुनेछु  । तपाईंहरु लाई बिदाइ स्वरुप हात हल्लाउन सायदै सक्दिन यो भुमी बाट यही शब्द हरु मार्फत बिदाइको हात हल्लाउन चाहन्छु । जिन्दगीको कुनै खुड्किलो वा कन्दारामा कतै प्रत्यक्ष भेटिएछु भने साथी सम्झेर बोलाउन नबिर्सनु होला या बिद्युतिय धरातल मार्फत झक झकाइ रहनु होला । र अन्त्यमा तपाईंहरु सबैको आगामी दिन हरु खुशी र सुखको बहार ले भरियोस बस यही कामना र यो भुमी लाई पनि धन्यवाद ज्ञापन गर्दै यहाँ बाट ओझेल...। www.tips-fb.com