जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

3:56 AM Edit This 1 Comment »
हृदयको धड्कन "काली "
अबिरल प्रेमको सौगात साथै न्यानो माया एबं बिछोडिएको आत्मा बाट भए पनि शेष रहेको मुटुबाट थोरै भएपनी अमिट प्रेमको उपहार हरु स्विकार ल !!!
काली खै कसरी शुरु गरौ जिबनका तिता मिठा पल हरु जिबन त मिलनबिछोड ,सुखदुखको सँगम रहेछ कहिले हाँसो कहिले रोदन कहिले मिलन त कहिले बिछोड जे हुँदा पनि आँखा हरु रसाँउदा रहेछ्न त्यसैले त लाग्छ जिन्दगी एक आँसु हो चाहे त्यो मिलनबिछोड होस् या सुखदुख जे भए पनि साथ यि आँसु ले नै दिँदोरहेछ हिजो मिलनका ति दिनहरुमा खुशीले मेरो काखमा तिमी रुने गर्थ्यौ तर आज बियोग को पिडामा म रुने गर्छु तिम्रो आँसु पुछ्ने यि हात हरु आज आफ्नै आँसु पुछ्न विवस छ हिजो त तिमीले रुने काख पाएकी थियौ आँसु पुछ्ने हात पाएकी थियौ तर हेरन म कती अभागी छु न रुने काख नै छ न आँसु पुछिदिने हात नै , काली मन भरी पिडा लिएर अश्रुत हाँसो हाँस्न साह्रै गार्हो हुदोरहेछ आजै जस्तो लाग्छ तिमी सँग बिताएको ति पलहरु , ति क्षणहरु म कसरी भुल्न सक्छु र त्यो जुनेली रात जहाँ तिमीले त्यही तारालाई देखाएर भन्थ्यौ राज हेर त त्यो जुनलाई कती पनि बिचलित नभैकन यो धर्तिलाई उज्यालो बनाएको छ राज तिमी पनि मलाई जन्मौ जन्मान्तर सम्म यसरी उज्यालो बनाउनु ल किनकि तिमी त्यही रोशनीयुक्त जुन हौ म मात्र अँध्यारो धर्ती हुँ यो धर्ती सदैब तिम्रो उज्यालो रोशनीको प्रतिक्षारत हुनेछ तिम्रो रोशनी बिना यो धर्ती अँध्यारो हुनेछ यसो भन्दै तिमी मेरो काँधमा टाउको राखेर रुने गर्थ्यौ अनी म तिम्रो टाउको उठाएर आँसु पुछ्दै भन्थे काली तिमीलाई थाहा छ त्यो जुन पनि यही धर्ती तिर नै झुकेको हुन्छनी यदी यो धर्ती नहुँदो होत त्यो जुनको रोशनिको के अर्थ रहयो र तिमीलाई एक जन्म हैन हजारौं जन्म साथ दिनेछु अनी तिमी मुसुक्क मुस्कुराउथ्यौ आज पनि मलाई तिम्रो मुस्कान ले झस्काइरहन्छ जब आँखा बन्द गर्छु तिम्रै तस्बिर वरिपरी घुमिरहन्छ अनी अतितका ति दिनहरुमा हराउछु एउटा मिठो सपना अनौठो कल्पना जहाँ मात्र हामी दुई रमाइरहेका हुनेछौ एकअर्कामा समर्पित हुनेछौ यस्तै यस्तै ..जब आँखा खोल्छु त आफुलाई नितान्त एक्लो पाउछु
काली तिमीले चोखो एबं सौहार्दपूर्ण मायाको अमिट प्रलोभन देखाएर यती बिघ्न बिश्वासघातको यातना दियौ आफसोच मैले त सोच्न पनि सकेको थिइन कि तिमीले ….के गर्नु मलाई आज तिम्रै प्रेमरोगले सताइरहेछ तिमीले मेरो चोखो प्रेमलाई बुझ्न नसकी मेरो जिन्दगी सित खेलवाड गर्यौ आखिर तिमीले के नै पायौ र एउटा सोझो ब्यक्तिलाई प्रेमको भुमरिमा धकालेर अब त तिमी म बाट धेरै टाढा पुगिसकेकिछौ तर पनि किन तिम्रो यादले आज मेरो मुटु चिरिन्छ अनी फेरी कोमल हृदय दुखेर यि नयन हरु बाट आँसुका बर्षात हुन्छन आखिर यो सबै दुर्घटनाको कारक तत्व तिम्रै आगमन त हो नि अब म खै यो अबशिश्ट जिन्दगीलाई कहाँ लगेर बिश्रान्ती दिलाउँ जब कुनै गन्तब्यको स्वर्गिय स्थल नै भेटिदैन यो जुनिमा त तिमीलाई यो हृदयको सिंहासनमा आसिन गराउन् सकिन यदी अर्को जुनी लिएर आएँ भने पनी यो हृदयको सिंहासन तिम्रै लागि खुल्ला हुनेछ
र अन्तमा तिमीलाई मेरो अल्पकालिन जिबनको दिर्घकालिन अशिम शुभकामना जिन्दगीको गोरेटोमा कहिले नमेटिने छाप यो हृदयमा तिम्रो माया रुपी यादहरु ,स्म्रितिहरु सम्हालेर राखेको छु जिन्दगीको अन्तिम घडीमा पनि तिम्रो अविस्मरणिय माया र एक थोपा आँसु सहित बिदा …..



........
www.tips-fb.com