अन्तिम कोसेली मायालुको पत्र
2:09 AM Edit This 1 Comment »मेरो हृदयको राजा !
अबिष्मरणिय चुम्बन जन्मौजन्मान्तर सम्म
विवस छु मुटु कठोर बनाएर शब्दरुपी बाणले तिम्रो मुटुमा तिर रोप्न । यि शब्दहरु कोर्न खोज्दा काँपि रहेछ हात हरु थरथरी ,आँखाबाट आँशु झरिरहेछ बरबरि मन भारिभएको छ तर पनि अन्तिम पटक बिदाइका शब्दहरु उपहार स्वरुप तिमीलाइ प्रेषित गर्दैछु । आशा छ मेरो मनको भाबना हरु बुझेर दुइ अक्षरको एक शब्द माफी दिनेछौ ।
हिजो पनि म तिमीलाइ माया गर्थे तिम्रै थिएँ आज पनि म तिम्रै हुँ यो मेरो मन मुटु भित्र केबल तिमी नै छौ र सदैब अमिट छाप बनेर तिम्रो तस्बिर सज्जिने छ म मा । सायद त्यति बेला मात्र म तिमीबाट अलग्गिने छु जति बेला म यो संसार छाड्नेछु । मेरा प्राण पखेरु उडेर माथि क्षितिजभित्र विलिन हुनेछ ।
मलाइ फिटिक्कै गुनासो छैन न दुख नै झन खुशि लागेको छ । यि शब्दहरु लेखिरहँदा । भगवानले ठगेको म अभागिनीलाइ तिमीले मायालु स्पर्ष दियौ सदा सर्बदा यस्तै न्यानो स्पर्षमा रमाउन पाउँ यहि कामना सदैब रहनेछ म मा चाहना थियो जिबनभर तिम्रो सेबाग्रही भएर बाँचु तर यो दुनियाँले मलाइ त्यो सौभाग्य दिएन तिम्रो तिन चिम्ठी सिँदुरमा रँगिएर तिम्रो सुहागन बन्न सकिन । म कसरी सहन सकुँला र दुनियाँले तिमीलाइ दिएको तितो उपनाम लाटीको पो..
यो अन्तिम शब्द हो तिम्रो लागि यो अन्तिम कोसेली हो तिम्रो लागि यो अभागिनीको । अन्तिम पटक तिम्रो दर्शन गर्ने प्रबल चाहना हुँदाहुँदै पनि सायदै सक्दिन म तिमीलाइ भेट्न । हेरन फेरी तिमीलाइ भेटे पछि म सक्दिन तिमी बाट अलग रहन । कोमल मेरो मुटु पग्लनेछ । अनि कसरी सक्छु र तिम्रो जिन्दगी बाट टाढा भाग्न । भोलिको मिरमिरे बिहानी सँगै मेरा पाइलाहरुले गन्तब्य खोज्नेछ अँध्यारो संसार रोज्नेछ । म यो शहर र तिम्रो जिन्दगी मा कदापी फर्केर आउनेछैन । छाडेर जाँदैछु यो शहर र तिम्रो जिन्दगीलाइ सदाको लागी यो कसम हो यो अभागिनीको ।
सदैब प्रार्थना रहनेछ म मा तिम्रो प्रगतिको तिम्रो सफलताको र मेरो कसम भो तिमीलाइ कहिल्यै नखोज्नु अब मलाइ आफ्नो जिन्दगिमा कदापी नठान्नु एक लाटि प्रेमिका थिइ जो धोकेवाज निस्की । सुझाब तिमीलाइ यो अभागिनीको अब एउटा छुट्टै संसार कोर्नु जहाँ खुशिले रंगियोस मायाले
भरियोस । उ म भन्दा धेरै सुन्दर सुसिल हुनिछे त्यो भन्दा बढि उ सपाङ्ग हुनिछे ।
जाँदाजाँदै खुशिको खबर तिमीलाइ मेरो घर परिवारले मेरो विवाहको तय गरिसक्नु भएकोछ अरे । पढेलेखेको छ अरे तर अफसोच म जस्तै उ पनि अपाङ्ग छ अरे फरक यति मात्र म लाटि उ बहिरो । म कति भाग्यमानि रहेछु नि हगि सुहाँउदो जोडी भेटे ।
लेख्दा लेख्दै ब्यथाहरु धेरै पोखिएछु क्यारे यो जुनिमा त मेरो अपाङ्गगताले तिम्रो बन्ने सौभाग्य दिएन यदि अर्केा जुनि लिएर सपाङ्ग भएर जन्मेछु भने कसम तिम्रो प्रेमिका हैन श्रीमति भएर जन्मनेछु ।
उहि अभागिनी
………..

1 comments:
Ramro 6
Post a Comment