जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

त्यो पल

5:54 AM Edit This 1 Comment »
तिम्रो निदार रातो टिकाले भरिएको पल
मेरो बैतरनी गरिरहेको हुन्छहोला
तिम्रो घरमा नौमती बाजा बजेको पल
मेरो घरमा एकोहोरो सङख बजिरहेको हुन्छहोला

तिम्रो घरमा जन्तीको लश्कर आएको पल
मेरो घरमा मलामिको लश्कर आइरहेको हुन्छहोला
तिमी रातो घुम्ती भित्र सजिएको पल
म् सेतो कात्रो भित्र सजिएको हुन्छुहोला

तिमीले स्वयम्बरको माला पहिरिएको पल
मलाई श्रदान्जली अर्पण गरिरहेको हुन्छ होला
तिमीले अग्निलाई सात फेरो लगाएको पल
मलाई जलाउने चिता बनिरहेको हुन्छ होला

तिम्रो सिँउदो सिन्दुरले रंगिएको पल
मेरो लासलाई दागबत्ती दिइरहेको हुन्छहोला
तिमीले खुशीको सुहागरात मनाएको पल
मेरो अस्तु गंगामा बगिरहेको हुन्छहोला


Written By:-Sarthak Simkhada

www.tips-fb.com

1 comments:

Anonymous said...

It is a so hurtful & nice poem keep it up