जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

4:47 AM Posted In Edit This 1 Comment »
"टुक्रीएका पल हरु "
प्रेम कुनै आबेगमा आएर गरिने बस्तु हैन यो त पवित्र र चोखो बस्तु हो दुई निस्चल आत्माको मिलन हो यो न बजारमा किन्न पाईन्छ न् मागेर नै पाईन्छ यो त ब्यक्तिको भित्री आत्मा बाट अप्रत्यसित रुपमा प्रफुस्टन् हुने आन्तरिक भाबना हो यो दुई चार ब्यक्तिले कालो धब्बा लगाउने कुचेस्टा गर्दैमा कलंकीत हुँदैन हुन्छ त मात्र मान्छेको सोचाइमा भनिन्छ नि प्रेम सफल भए स्वर्ग असफल भए नर्क सफल त्यो तिम्रो जिन्दगीलाई ...
हो आखिर म् आज आफ्नै जिन्दगी सँग हारेर नुनिलो आशु पिएर बिछोडको भेल सँगै बग्दै गरेर भए पनि तिमीलाई अनी तिम्रो त्यो सफल जिन्दगीलाई सधैं सुखमय बनोस हर्स र उमङको स्वर्णिम बातावरणले रंगियोश अनी तिम्रो त्यो ब्यक्तिगत स्वार्थको धनी जिबन कल्पनाकै भएपनी सुनौलो स्वर्ण महलमा बितोश यो मेरो श्रदा केबल तिम्रो लागि र जिउदो लाश सरिको तड्पिरहेको यो अभागीको तर्फबाट कृतिम हासो स्वरुपको दुई वाक्य स्विकार ल .
हृदयको घाऊ तिमी आखिर मैले तिमी माथि के नै भुल गरेको थिए र अहिले मलाई सजायको भागीदर बनाइरहेको छौ हुन त यो पुरुष प्रधान देश हो यहाँ पुरुष ले गरेको प्रत्येक दोषमा नारिलाई सजायको भागीदर बनाइन्छ तै पनि मैले तिम्रो खुशी र सफल जिबनको लागि हरेक बाधा र अड्चन हरुलाई चुनौती दिए केबल तिमी सित जिउनको लागि तर तिमी भने मेरो जिबनको लाभ उठाएर मलाई अपाङ्ग र बेशाहारा बनाएर गयौ के यही नै थियो त तिम्रो नैतिकता अनी तिम्रो कर्तब्य तर तिमीले प्रेमलाई सामान्य र स्वभाभिक मानीसको आदत र गुण सम्झिदियौ मानीस हरु प्रेमको पूजारी हुन्छन तर तिमी त शिकरी रहिछौ त्यसैले त म तिम्रो प्रेमको शिकार बन्न पुगे तिमी ले त मेरो जिन्दगी कसाइले मासु टुक्रा पारे जस्तै टुक्रा टुक्रा पारेर दोबाटोमा लगेर मिल्काइदियौ र बिस्मात् को पहिरो लगाइदियौ त्यसैले त अहिले आँखामा श्रावणको बर्षा झै आशु बर्षन्छ अनी हृदयको काँडा बल्झिन्छ मनमा आगोको ज्वलाहरु निस्कन्छ र भित्र भित्रै सल्कन्छु मानसिक रुपले अन्त हुन्छु तै पनि म बिबश छु मुकदर्शक बनेर हेरिरहन्छु यो स्वार्थी दुनियाँमा मेरो उत्पिडनको भारी बिसाउने न कुनै चौतारो भेट्छु न मेरो चित्कार सुन्ने कुनै दयालु भगवान नै भेट्छु यहाँ त रुपैयाँ पैसामा मायाको किनबेच गर्ने धनीहरु मात्र छन लाग्छ कहिले त भगवान पनि साह्रै धनी भए छन हुन त तिमीले सार्थक जिन्दगीको होड्बाजिलाई बुझेकी थियौ होली त्यसैले त यो मेरो चोखो अनी पवित्र मायाको कुनै मुल्य देखिनौ र रुपैयाँको लाहुरे सँग अँगालोमा बाँधिन पुग्यौ ठिकै छ यस्तै रहेछ यो मेरो असफल जिन्दगी अनी यस्तै रहेछ यो स्वार्थी दुनियाँको रितिरिवाज , यस्तै रहेछ यहाँको चलन .......

मेरो मुटुको स्पन्दन तिमी साँचै नै मेरो हृदयकी रानी थियौ जिन्दगीको वासनादार फुल थियौ तर अहिले भने तिमी छाला घोचेर दुखाउने भइदियौ प्रिय मैले तिम्रो लागि के गर्न सकिन र मलाई मात्र सजायको भागीदार बनाउछौ मैले तिम्रो लागि हर मुल्य र मान्यता चुकाएको छु आफन्त घुमाएँ सफल गोरेटोको बाटो बिराए तर के गर्नु तिमी जस्तो शिकारीको शिकार बन्न बाध्य भए तिमी जस्तो निर्दयी क्रुर र प्रेमको नाउलाई घ्रिणामा बदल्ने आधुनिक प्रेमी जोडीहरुलाई धिक्कार छ , धिक्कार छ प्रेमको नाउँमा कसैको जिबन बर्बाद पारी धनको आधुनिक मोडलमा मोड्लिङ गर्ने तिमी जस्तो युगल मोडलहरुलाई तिमीलाई जती सुकै गाली लाञछना हरु लगाएपनी म तिमीलाई त्यो भन्दा बढी माया गर्छु मैले तिमीलाई बिर्सन धेरै कोशीश गरे तर ति सब निरर्थक साबित बने त्यसैले तिमीलाई दयालु भनुँ या निश्ठुरी या प्रेमिका के भनुँ तिमी नै भनिदेउन म तिमीलाई कसरी भुलौ तिमीलाई जती भुल्ने प्रयास गर्छु झन तिम्रो याद ….त्यसैले भन्छु यो सम्झने मन छ म बिर्सौ कसोरी ....
मेरो मन मुटुको धड्कन् तिमी लाई म कसरी बिर्सौ त्यो पाखा चौतारीहरुमा हातमा हात राखी घुमेका ति पलहरु त्यही चौतारीलाई साक्षी राखी खाएका कसम हरु कसरी म यती चाडै बिर्सन सक्छु र तिम्रो मस्तिश्कमा पनि त ताजै होला नि हैन जब तिम्रो मधुर मुस्कानहरु झल्झली देख्छु अनी लाग्छ तिमी म सितै छौ तर के गर्नु वास्तवमा तिमी म भन्दा धेरौ टाढा छौ नितान्त टाढा ..
सुन्छु अब त तिमी पनि चाडै नै पराइ घरको श्रिङ्गार बन्दै छौ रे त्यसैले त भन्ने गर्छन् नि " नारी पराइ घरको श्रीङार हो " नौलो अनी अनौठो संसार सँग मितेरी गाँस्दै छौ रे वास्तवमा तिमी मेरो सपना नै रहेछौ जे भए पनि तिमी मेरो जिबनको मिठो सपना हौ , अमिट छाप हौ तिमी मेरो स्‍मृतिको पन्ना हौ मात्र ...
चाहे त्यो पुर्णिमाको जुनेली रात होस् या कुनै औँशिको काल रात्री नै किन नहोश म तिम्रै यादमा तड्पिएर तिम्रै नाउँमा निर्जिब कागज माथि कोरिरहेको हुनेछु यो मुटु भरी तिमीलाई नै खोजिरहन्छु तिम्रै मायालु शब्द हरु अनी हृदयको कुना कुना सम्म तिम्रै मुस्कान को प्रकाश छरिरहन्छु साँचै भन्नु पर्दा तिमी बिनाको जिन्दगी साँच्चै नै उजाड मरुभुमी जस्तै हुदोरहेछ लाग्छ यो मुरुभुमिमा पनि म तिमीलाई नै खोज्दै हिडिरहेछु लाग्छ अब त जिबनले पनि किनारा खोज्दै छ तै पनि आफुलाई सम्हाल्ने प्रयास गर्दैछु भबिष्यको झिनो आशामा बाँधिएको छु र त्यसैमा अडिरहेको छु अब त हाँसो खुशी उमंङ्ग पनि क्षितिज बन्न पुगेको छ अनी दु:ख र आँशु भने साथी र बाँच्ने साहरा बनेको छ अनी आँशुको अनन्त गहिराइमा दुबुल्की मार्दै छु कसलाई दोष दिउँ तिमीलाई या यो मेरो आफ्नै कर्मलाई हुन त भनिन्छनी लेखेको पाईन्छ देखेको पाँइदैन शायद मेरो भाग्यमा पनि तिम्रो नाउँ लेखेको थिएन होला त्यसैले त तिमीलाई आफ्नो भन्न नपाउँदै गुमाउन पुगेँ त्यसैले त यो संसार नै एउटा मसानघाट जस्तो आभाश भईरहेको छ जिन्दगीले धोका दिदाँ शायद मेरो जस्तै मुटु चिरिन्छ होला
जिन्दगीले यसरी धोका दियो कि ....
जे जस्तो भए पनि तिमी मेरो जिबनमा जिन्दगी बनेर आएकी थियौ तिम्रो आँखा भरी मैले आफ्नो खेल्ने आँगन देखेको थिएँ तिमी भित्र एउटा छुट्टै संसार सजाँएको थिएँ तर आज तिमीले ति सब चकनाचुर पारेर गयौ खै तिमीले के पायौ तर मैले जिन्दगी भर बिसेक नहुने चोट पाएँ थाहा छैन मलाई हाम्रो प्रेमको सुरुवात कसरी भयो तर यो थाहा पाएँ कि कोही पनि कसैको जिन्दगी भरी साथ् दिन सक्दोरहेनछ शायद यो पनि एउटा प्राकृतिक देन नै होला लाग्छ अब त मेरो आफ्नो भन्नु नै कोही छैन तिमी थियौ त सबै थियौ आफन्त नै पराइ बने पछी .... आज म एक बेवारीशे जिउँदो लाश भएको छु जस्को लाशमा श्रदाको दुई थोपा आँशु चुहाउने पनि कोही छैन
साँच्चै जिन्दगीमा दु:ख नै जिउने आधार रहेछ आँशु नै बाँच्ने साहरा रहेछ जिन्दगीको के नै भरोसा रहेछ र लक्ष्य त केबल खोक्रो आकांक्षा रहेछ हाँसो र खुशी त एक्पलको पाहुना रहेछ मिलन त एक क्षणिक खेलौना रहेछ त्यसैले होला आज दु:ख मेरो साथी बन्यो आँशु बाँच्ने साहरा बन्यो भने तिम्रो याद कहिले बिसेक नहुने घाउ बनेर बस्यो अब त यो भत्किएको यो जिन्दगीमा झिनो रहर र आशाका मुनाहरु लिएर बाँच्दैछु बाँच्न बिबश छु किनकी जिबन छोटो छ तर जिन्दगीका भोगाइहरु धेरै लामो छ जो चाहेर….


नोट : यो लेख पात्रमा निहीत छ लेखक लेख बाट भिन्न अलग छ
www.tips-fb.com

1 comments:

Anonymous said...

HI , Simkhada Ji, k ho tapaile dherai sanga maya lagaunu bhayako cha ki kya ho. malai chahi birsanu bhayo ki khaya ho. ma tapai ko pahila ko G F ho. malai chodne bichar cha ki kya yaso garnu bhayo bhane ma ta jundiyara marchu ani rati rati chudel bhanera tapailai tarsauna aauchu hai mahile pahile nai hbandiko chu