जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

स्‍मृति

11:56 PM Edit This
"समर्पण छ तिमीलाई मेरो यो सानो भाबनाको,
श्रदाञजलि छ तिमीलाई मेरो यो दुई थोपा आँशुको" !!!
बर्सौबाद् आज फेरी नचाँहदा नचाँहदै बिबशताको हुरिले अतितका क्षणहरुलाई झस्काइदिएको छ बिगतका ति तिता मिठा पलहरु गाढा तस्बिर बनेर यि आँखा वरिपरी घुमिरहन्छ हिजै जस्तो लाग्छ तिमीबाट टाढा भएको तर आज बर्सौ बितिसकेछ म त मात्र तिमी बाट केही समयको लागि टाढा भएको थिएँ तर तिमीले त मलाई सदाको लागि छाडेर टाढा गएछौ छुट्टै संसार रोजेछौ कती दु:ख दिएको थिएँ होला है मैले तिमीलाई त्यसैले त मलाई छाडेर टाढा गयौ नि आज पनि झल्झली आँखामा आउछ तिमीले कारमा राखेर बिदाइ गरेको त्यो दिन ,अझै पनि त्यो मोबाईलमा शेभ छ होला है तिमीले खिँचेका ति फोटोहरु म कस्तो देखेको थिएँ होला है रातो टिकामा कारमा बस्दा कती सपनाहरु बुनेका थियौ होला है मेरा लागि तिमी त कती भाग्यमानी रहेछौ मलाई कारमा चढाएर बिदा गर्न पायौ,मेरो तस्बिर खिच्ने सौभाग्य भनौ या दुर्भाग्य पायौ हेरन म त कती अभागी छु न तिमीलाई कारमा चढाएर् बिदाइ गर्न नै पाएँ न तिम्रो चितामा श्रदाञजलिको दुई थोपा आँशु चुहाउन नै पाएँ न त तिम्रो तस्बिर खिच्ने सौभाग्य नै पाएँ । तिमीलाई छाडे पछी आज पहिलो पटक तिम्रो तस्बिर पत्रीकामा हेर्ने सौभाग्य पाएँ आजै तिम्रो जन्मदिन हेरन तिम्रो जन्मदिनमा समेत खुशीले मुस्कुराउन सकिन चाहेर पनि तिमीलाई happy birthday भन्न सकिन नचाँहादा नचाँदै पनि मुटु भक्कानेर आउँछ,आँखा हरु अनायसै रसाउँछन कती पिडा छ यो आँशुमा ,हुनत प्रत्येक् आँशुले पिडा दिँदोरहेछ आज म सँग यस्तै पिडैपिडाले भरिएको आँशु छ यो आँशुहरुले मेरो मुटु छिया-छिया बनाएको छ मेरो शरीरको प्रत्येक् नशा-नशामा यिनै आँशु दौडिरहेको छ भने आँखामा तिम्रै तस्बिर प्रतिबिम्ब बनेर बसेको छ कहिले नमेटिने गरी आँशुका दागहरु मुटु भित्र खाटा बनेर बसेको छ यती लेख्दा सम्म आँखा भरी आँशु छचल्किन थालिसकेको छ बेदनाको ज्वालाहरु दन्किन थालिसकेको छ रोक्नै सकिन आँशु हरु तप्प चुहिन्छ ......


मिती :27 पौष 2065/11-jan-09
ठाउँ :आफ्नै अफिस
समय :बिहान 9:०० बजे
www.tips-fb.com