जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

"यो कस्तो कसम"

2:59 AM Edit This 2 Comments »
एक दुर्गम अनी सुन्दर गाँउको मध्यम बर्गिय परिवारमा दिपको जन्म भएको थियो उ सानै देखी सरल ,मिलनसार र कम बोल्ने स्वभाबको थियो त्यही दुर्गम गाँउको हरियाली बनपाखा ,झरना छहरा ,साथी संगी सँगै मितेरी गाँस्दै उस्ले आफ्नो एस एल सि सम्मको अध्ययन पुरा गर्‍यो गाँउमा उच्च शिक्षा नभएकोले उच्च शिक्षा पढ्नको लागि उ शहर गयो गाँउको शान्त अनी हरियाली पाखाहरुमा हुर्केको दिप शहर को भिड भाड कोलाहल बिल्कुलै नौलो लाग्यो बिस्तारै दिपक शहरीया जिबन सँग पारीचित हुँदै गयो शहरका गल्लिहरुमा केटा केटी हरु हातामा हात राखेर हिंडेको देख्दा उस्मा पनि बिपरित लिंग प्रतिको आकर्षण बढ्नु स्वभाबिक नै थियो बिस्तारै -बिस्तारै दिपकले सँगै पल्लो कोठामा बस्ने राधिकालाई मन पराउन थाल्छ राधा सानै देखी शहर मा हुर्केकी केटी त्यसैले होला उ अली घमन्डि ,रिसाहा अनी लज्जालु स्वभाबकि थिइन दिप राधाको आमालाई सानीमा भनेर सम्बोधन गर्थ्यो त्यसैले दिपलाई राधा कहाँ जानलाई गार्हो भएन यि दुई बिच आउने जाने क्रम बढ्दै गयो आउने जाने क्रम बढ्दै जाँदा राधिका प्रती दिपको प्रेम गहिरिदै गयो तर उस्ले राधालाई भन्न सकेको थियन एक दिनको कुरा हो दिन चकमन्न थियो दिप मन भित्र कुनी के के सोचेर बस्दै थियो यतिकैमा राधा आइन र भनिन दिपदाइ मैले राम्रो फिल्म लेराएको छु मलाई एक्लै हेर्नै मन लागेन हिंड्नुस्न दिप कसरी नकार्न सक्थ्यो र उ जुरुक्क उठ्यो र गयो अनी राधा सँगै फिल्म हेर्न बस्यो दुबै जना फिल्म हेर्न मस्त थिए अचानक फिल्मी सैलिमा दिपले राधालाई प्रेमको प्रस्ताब राख्यो शायद फिल्म पनि त्यस्तै थियो होला फिल्म हेर्न मस्त राधा अनायासै यस्तो कुराले झस्किन र दिप सँग रिसाइन दिपले सम्झाउने प्रयास गर्‍यो तर सकेन उ निरास भएर आफ्नो कोठामा आयो उस्लाई आफ्नो व्यबहार प्रती आत्मग्लानी भयो भोली पल्ट फेरी दिपले राधिकालाई सम्झाउने प्रयास गर्‍यो तर राधा बोल्दै नबोली हिडिन दिन बित्यो हप्ता बित्यो महिना बित्यो तर यि दुई बिचको सम्बन्धमा कुनै सुधार आएन सँगै एउटै घरमा भएर पनि यि दुई अपरिचित भए दिपलाई यि सब राम्रो लागेन अनी उस्लाई आफुले गरेको गल्ती प्रती साह्रै पछुतो लाग्यो अनी उस्ले त्यस ठाउँ छाड्ने अठोट गर्‍यो अनी अन्तिम पटक राधा सँग माफि माग्यो र अब आफु यहाँ नबस्ने तिम्रो जिन्दगी बाट धेरै टाढा जाने कुरो बतायो यती भन्दा दिप सार्है भाबुक भईसकेको थियो शायद दिप को भाबुकताको अगाडि राधाको पनि मन पग्लियो होला त्यसैले राधाले दिप सँग केही दिनको समय मागिन केही दिन पछी राधाले दिपको प्रेम आफुलाई स्वीकार्य भएको बताइन् यि सब सुन्दा दिप साह्रै खुशी हुन्छ शायद उस्लाई यती खुशी जिन्दगी मा पहिलो पटक मिलेको आभाश हुन्छ उ मन मनै खुशीले गद गद हुन्छ यसरी यि दुई बिच को प्रेमको सुरुवात हुन्छ र जन्मौ जन्म सम्म सँगै बिताउने कसम खान्छन कहिले मन्दिर, कहिले सिनेमा घर त कहिले पार्क जहाँ पनि यि जोडीको उपस्थिती ,शायद यि दुई जोडीको प्रेम देखेर भगवान लाई पनि डाहा लागेछ क्यारे एक दिन दिपक साह्रै बिरामी पर्छ उ हस्पिटल मा भर्ना हुन्छ डाक्टर ले उस्लाई हृदयघात भएको र छिट्टै नै उस्को मुटुको अपरेशन गर्नु पर्ने सल्लाह दिन्छ र डाक्टर को भनाइ मुताबिक दिपको मुटुको अपरेशन हुन्छ उता दिप हस्पिटल को बेड्मा मृत्‍यु सँग जुधिरहेको हुन्छ यता राधा दिपकै जिन्दगीको लागि मन्दिर मन्दिर धाइरहेकी हुन्छिन शायद राधाको प्रार्थना सुनेर भगवान प्रसन्न भएर होला दिपको अपरेशन सफल हुन्छ उ फेरी पहिला जस्तै स्वस्थ हुन्छ झन यि जोडीको मायाको डोरी कसिलो हुँदै जान्छ यि दुई बिचको प्रेम गहिरिदै जान्छ
आज दिपको जन्म दिन हो पुषको चिसो दिन आज उस्ले राधा सगै जन्म दिन मनाउने बिचार गरेको छ बिहानै राधाको फोन आउछ र दिपलाई जन्मदिनको शुभकामना दिन्छिन दिपले राधालाई आज कतै घुम्न जाने प्रस्ताब राख्छ राधा पनि खुशी हुन्छिन र छिट्टै भेट्ने बाचा गरी फोन राख्छे दुबै जना गाडी चड्छन र शहर को भिड बाट टाढा एक सुनसान ठाउँ मात्र यो युगल जोडी दिप आज अली भाबुक भएको छ चिसो हावा चलिरहेको हुन्छ राधा दिप को काखमा सुतिरहेकी छे दिप राधाको कपाल सुमसुमाउँदै मात्र उस्लाई हेरी रहेको हुन्छ अनायसै दिपको मुख बाट आवाज निस्कन्छ राधा आज म तिमी सँग केही माग्छु तिमी दिन सक्छौ ,दिप म तिम्रै त हुँ नि भन्ने उत्तर दिन्छे अनी दिपले आफ्नो सिरमा राधाको हात राखी कसम खान आग्रह गर्छ राधाले त्यसै गर्छिन राधा केही गरी म मरी हाले भने तिमीले राम्रो केटो खोजेर मेरो समाधी नहुँदै बिहे गर्नु ल म त मुटुको रोगी मेरो कुनै भर छैन शायद यो जन्ममा तिम्रो सिउँदो भर्न सक्दिन होला यदी अर्को जन्म लिएछु भने तिम्रै सिउँदो को सिन्दुँर बनेर जन्मनेछु राधा केही बोल्न खोज्छे तर दिपले उस्को मुख बन्द गरेको हुन्छ उ मात्र एकोहोरो सुनिरहेकी हुन्छे राधाले दिप को जन्म दिन भएकोले उस्को मन दुखाउन चाहिन र मात्र सुनिरहन्छे
यसरी यि जोडीलाई समय बितेको पत्तो नै हुँदैन दिन पनि ढल्की सकेको हुन्छ
भोली पल्ट अचानक दिपलाई हृदयघात हुन्छ उस्लाई तुरुन्त हस्पिटल पुराइन्छ उस्लाई आकस्मिक कक्षमा भर्न गरिन्छ बिहानिको मिर्मिरे सँगै दिपको प्राण पखेरु उडिसकेको हुन्छ दिपको मृत्‍युको खबर सुन्दा राधालाई छाँगा बाट खसेको आभाश हुन्छ अनी उ सहन नसकी बेडमा घोप्टो परेर रुन्छिन सिरानी मुनी बाट दिपको फोटो निकाल्छिन दिप हाँसिरहेको हुन्छ कता कता उस्लाई दिपले जिस्काइ रहेको भान हुन्छ अनी सम्झिन्छिन केही दिन पहिलाको त्यो कसम अनी मुसुक्क मुस्काँउछिन दिपको फोटो लाई चुम्छिन र छात्तिमा टाँस्छिन । दिपले संसार छाडेको पनि केही महिना बितिसकेछ आज राधा रातो घुम्टीभित्र सजिएकी छिन उनी बिस्तारै मन्डप तिर पाइला सार्दै छिन् केही छिन्मै राधाको सिउँदो पराइले रातो बनाइदिन्छ राधा तप्प दुई थोपा आँसु चुहाउँछिन र बिस्तारै सुस्ताउँछिन दिप मैले बिहे गरें नि दिप क्षितिज पारी बाट मुस्काइरहन्छ ...


नोट : यो लेख पात्रमा निहीत छ लेखक लेख बाट भिन्न अलग छ ।
www.tips-fb.com

2 comments:

बिजय कुमार श्रेष्ठ said...

मित्र नमस्कर
केबल हामी नजिक भएर पनि मिलन हाम्रो हुन सकेन
साथी मात्र नभएर छिमेकी पो रहेछौ भुल्न सकिन
सम्बन्ध गहिरो नभएपनी मित्र भाबले चिन्न सकिन
अप्रबास रहेछ हाम्रो बसै नजिक भएर पनि मिल्न सकेन
अन्जान भएर पनि केबल ब्लगमा नजर घुमाउन पुके
जानी नजनी भये पनि केही सब्ध कमेन्ट्मा दिन पुके
ब्लग तपाईंको साह्रै राम्रो तयारीको साथमा भर्नु भएको रहेछ
सबै कुराको पूर्णता दी मित्र सामु पस्कनु भएको रहेछ
अरुत म के नै दिन सक्छु र मित्रलाई उपहार
मसँग दिन लयकको केबल हात जोडी नमस्कार नमस्कार
बिजय कुमार श्रेष्ठ
कतुन्जे ९ चरंगे फेदी
धदिङ

Anonymous said...

यो त कुनै फ़िल्म को कथा जस्तो लाग्यो नि साथी....