स्वर्ग मेरो झुपडिमा सङगी बनी जिउन सकिनौ
5:01 AM Edit This 0 Comments »उराठमा भौतारिदा पालुवा बनी छाउन् सकिनौ  
उजाडमा लरखरिदा कुहिरो बनी छाउन् सकिनौ 
प्रेमको सागरमा निर्थुक्क म आँशुले भिज्दा 
सिम सिम बर्षातमा झरी बनी रुझ्न सकिनौ 
स्वार्थी यो दुनियाँमा निश्चल चोखो माया गर्दा 
खहरेको बाढिमा भेल बनी बग्न सकिनौ 
समाजको चुनौतिमा सिउँदो तिम्रो भर्न खोज्दा 
चैतको बतासमा हुरी बनी उड्न सकिनौ 
धन दौलतको संसारमा गरीबी यो अभिशाप बन्दा 
स्वर्ग मेरो झुपडिमा सङगी बनी जिउन सकिनौ  
0 comments:
Post a Comment