जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

जिबन भरी साथ दिने कसम मैले खाइदिएकै हो

4:49 AM Edit This 0 Comments »
तिमीले हाइ भन्दा हेलो मैले भन्दिएकै हो
अपरिचित भएरपनी मित्रताको हात थामिदिएकै हो
एकोहोरो तिम्रो नजर घरी घरी मलाई पर्दा
असहमतिमै भएपनी मन्द मुस्कान छर्दिएकै हो

बरपिपलको चौतारीमा घन्टौ मलाई तिमी कुर्दा
बाध्यतामै भएपनी हात समाइ हिडिदिएकै हो
मायारुपी शब्दहरु रङिन तिम्रो प्रेम पत्र
नचाहेरै भएपनी आइ लभ यू टु लेख्दिएकै हो

जुनेली त्यो शुन्य रात कोमल तिम्रा ति स्पर्श
प्यासी तिम्रो अधरमा चुम्बनले साथ दिएकै हो
सँगै मर्ने सँगै बाँच्ने तिम्रा ति बाचा हरु
जिबन भरी साथ दिने कसम मैले खाइदिएकै हो www.tips-fb.com

0 comments: