जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

मित्र हरुलाई धन्यवाद को दुई शब्द

12:06 AM Edit This
जिन्दगी छोटो छ तर जिन्दगीको भोगाइ हरु धेरै लामो छ यस्को कुनै सिमाना छैन जो कुनै निस्चित बिन्दुमा अनुबन्धित होस यो त अनवरत रुपमा ढुङ्गामुढा सँगै लडीबुडी गर्दै सुसाउँदै बगिरहने खोलाको पानी हो म पनि एउटा यस्तै जिन्दगी हुँ कहिले ढुङ्गामुढा सँगै रमाएँ ,कहिले पाखा पखेरुमा लुकामारी गर्दै रमाएँ ,कहिले खुशी सँगै हाँसेर रमाएँ त कहिले दु:ख सँगै रोएर रमाएँ यसरी आफ्नै जिन्दगी सँग सम्झौता गर्दै जाँदा रोजगारिको सिलसिलामा युद्धग्रस्त क्षेत्र ईराकी मरुभुमिमा रम्न बिबस भएँ यही मरुभुमिमा तपाईंहरुसँग भेट भयो तपाइहरुले एउटा अभिभाबकको भूमिका निर्बाह गरिदिनु भयो आमाले दिने संरक्षण दिनु भयो ,बाबाले दिने सल्लाह सुझाब दिनु भयो ,दाजुले दिने साथ र मित्रता दिनुभयो भने दिदिले दिने माया र ममता दिनुभयो आमाको काख पाएँ ,बाबाको काँध पाएँ ,दिदिको बुइ पाएँ त दाइको हात पाएँ त्यसैले त लाग्छ तपाईंहरु मेरो दोश्रो परिवार हो म सँग कुनै त्यस्तो शब्द नै छैन जो तपाईंहरु प्रती ज्ञापन गर्न सकुँ तपाईंहरुले दिनु भएको यो तस्बिर सधैं भरी प्रतिबिम्ब बनेर रहनेछ र अन्त्यमा तपाईंहरुप्रती धेरै-धेरै आभार प्रकट गर्दै यहाँ बाट ओझेल पर्न चाहन्छु
Written By-सार्थक सिम्खडा
www.tips-fb.com