जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

अन्तिम कोसेली मायालुको पत्र

2:09 AM Edit This 1 Comment »

मेरो हृदयको राजा !
     अबिष्मरणिय चुम्बन जन्मौजन्मान्तर सम्म
             
             विवस छु मुटु कठोर बनाएर शब्दरुपी बाणले तिम्रो मुटुमा तिर रोप्न यि शब्दहरु कोर्न खोज्दा काँपि रहेछ हात हरु थरथरी ,आँखाबाट आँशु झरिरहेछ बरबरि मन भारिभएको तर पनि अन्तिम पटक बिदाइका शब्दहरु उपहार स्वरुप तिमीलाइ प्रेषित गर्दैछु आशा मेरो मनको भाबना हरु बुझेर दुइ अक्षरको एक शब्द माफी दिनेछौ
हिजो पनि तिमीलाइ माया गर्थे तिम्रै थिएँ आज पनि तिम्रै हुँ यो मेरो मन मुटु भित्र केबल तिमी नै छौ सदैब अमिट छाप बनेर तिम्रो तस्बिर सज्जिने मा सायद त्यति बेला मात्र तिमीबाट अलग्गिने छु जति बेला यो संसार छाड्नेछु मेरा प्राण पखेरु उडेर माथि क्षितिजभित्र विलिन हुनेछ
मलाइ फिटिक्कै गुनासो छैन दुख नै झन खुशि लागेको यि शब्दहरु लेखिरहँदा भगवानले ठगेको अभागिनीलाइ तिमीले मायालु स्पर्ष दियौ सदा सर्बदा यस्तै न्यानो स्पर्षमा रमाउन पाउँ यहि कामना सदैब रहनेछ मा चाहना थियो जिबनभर तिम्रो सेबाग्रही भएर बाँचु तर यो दुनियाँले मलाइ त्यो सौभाग्य दिएन तिम्रो तिन चिम्ठी सिँदुरमा रँगिएर तिम्रो सुहागन बन्न सकिन कसरी सहन सकुँला दुनियाँले तिमीलाइ दिएको तितो उपनाम लाटीको पो..
यो अन्तिम शब्द हो तिम्रो लागि यो अन्तिम कोसेली हो तिम्रो लागि यो अभागिनीको अन्तिम पटक तिम्रो दर्शन गर्ने प्रबल चाहना हुँदाहुँदै पनि सायदै सक्दिन तिमीलाइ भेट्न हेरन फेरी तिमीलाइ भेटे पछि सक्दिन तिमी बाट अलग रहन कोमल मेरो मुटु पग्लनेछ अनि कसरी सक्छु तिम्रो जिन्दगी बाट टाढा भाग्न भोलिको मिरमिरे बिहानी सँगै मेरा पाइलाहरुले गन्तब्य खोज्नेछ अँध्यारो संसार रोज्नेछ यो शहर तिम्रो जिन्दगी मा कदापी फर्केर आउनेछैन छाडेर जाँदैछु यो शहर तिम्रो जिन्दगीलाइ सदाको लागी यो कसम हो यो अभागिनीको
सदैब प्रार्थना रहनेछ मा तिम्रो प्रगतिको तिम्रो सफलताको मेरो कसम भो तिमीलाइ कहिल्यै नखोज्नु अब मलाइ आफ्नो जिन्दगिमा कदापी नठान्नु एक लाटि प्रेमिका थिइ जो धोकेवाज निस्की सुझाब तिमीलाइ यो अभागिनीको अब एउटा छुट्टै संसार कोर्नु जहाँ खुशिले रंगियोस मायाले
भरियोस भन्दा धेरै सुन्दर सुसिल हुनिछे त्यो भन्दा बढि सपाङ्ग हुनिछे
जाँदाजाँदै खुशिको खबर तिमीलाइ मेरो घर परिवारले मेरो विवाहको तय गरिसक्नु भएकोछ अरे पढेलेखेको अरे तर अफसोच जस्तै पनि अपाङ्ग अरे फरक यति मात्र लाटि बहिरो कति भाग्यमानि रहेछु नि हगि सुहाँउदो जोडी भेटे
लेख्दा लेख्दै ब्यथाहरु धेरै पोखिएछु क्यारे यो जुनिमा मेरो अपाङ्गगताले तिम्रो बन्ने सौभाग्य दिएन यदि अर्केा जुनि लिएर सपाङ्ग भएर जन्मेछु भने कसम तिम्रो प्रेमिका  हैन श्रीमति भएर जन्मनेछु

उहि अभागिनी
………..
www.tips-fb.com

1 comments:

Anonymous said...

Ramro 6