जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

बिदाइको दुई शब्द छाडि जाने मायालुलाई

2:20 AM Edit This 1 Comment »
"बाँदर क्या जाने अद्रखका स्वाद
          माथिका यि हरफहरु तिमिले प्रेषित गरेको पहिलो एसएमएस हो जो मैले जस्ताको तस्तै साभार गरेको छु । शब्द कोस पल्टाएँ शुरुवात गर्ने कनै शब्द नै भेटिन न भेटे संबोधन गर्ने कनै शब्द नै त्यसैले त बिना संबोधन तिमिले पठाएको पहिलो एसएमएस बाट नै हरफहरु रंगाउने प्रयास गरें । त्यतीबेला मैले माथिका ति हरफहरुको अर्थ नै बुझिन या बुझ्न नै चाहिन तर आज बल्ल बुझे अर्थ प्रष्टै रहेछ । बधाइ छ तिमीलाइ अद्रखको स्वाद चखायौ ।
मरुभमिको उराठलाग्दो जीन्दगीबाट निसास्एिर भर्खर फर्केको म मा तिमी बसन्तको पालवा बनेर मेरो जीन्दगीमा प्रवेस गर्यौ । म डुबें तिम्रो निस्चल नयनभित्र म गढें तिम्रो मधुर आवाज भित्र म लटिठए तिम्रो मन्द मुस्कान भित्र त्यसैले त म फक्रदै गएँ मध्यरातको त्यो तिम्रो फोन सँगै म गल्दै गएँ मध्य दिनको त्यो तिम्रो साथ सँगै ।
हरतरह प्रयास गर्नेछु दोषी मेरा छाँया हरु तिम्रो नजरबाट टाढा राख्ने तर कसम दिन सक्दिन किनकि दुनियाँ गोलाकार छ । समय चकि्रय छ । लक्ष्यहिनअन्त्यहिन मेरा पाइलाहरु लरखरिदा गोरेटोको कुनै कन्दरामा वा जिन्दगिको कुनै छलाङमा भेटिएछु भने एक अपराधि सम्झेर तर्कनु ताकि म महशुस गर्न सँकु तिम्रा स्मृतिले जलेको म र मेरा जिन्दगीहरु ।
चाहना त हैन तिम्रो जिन्दगीबाट टाढा जाने न कुनै रहर नै तर बिवसताको रेखाभित्र कोरिएको छु । तिम्रो खुशिको सिमाङकन भित्र अल्झिएको छु । बस तिम्रो खुशिको लागि । म चाहन्न तिम्रो जिन्दगिको काँडा बनेर तिमीलाइ घोच्न र सक्दिन पनि फुल बनेर तिम्रो जिन्दगी मगमगाउन । म चाहन्न आँसु बनेर तिमीलाइ रुवाउन र सक्दिन पनि खुशी बनेर तिमीलाइ मुस्कुराउन । बस सक्थे त अमुल्य तिम्रा आँसु पुछ्न न्यानो अँगालो भित्र बेर्न त्यो भन्दा बढि जीबनभर तिमिलाइ साथ दिन ।

खै जिन्दगीको यो कस्तो मोडमा छाडेर गयौ तिमीले न भुल्न सक्छु तिमीलाइ एक ँधोकेवाज’’ ठानी न सम्झन सक्छु तिमीलाइ एक ँप्रेमिकाठानी । न भन्न सक्छु तिमीलाइ एक ँस्वार्थी’’ न ठान्न सक्छु तिमीलाइ एक ँपि्रयसी। कसम म भन्दिन तिमीले मलाइ धोका दियौ न भन्छु तिमीले मलाइ चोट दियौ । बस म त यहि ठान्छु त्यॊ मेरो जिन्दगीको एक दुर्घटना थियो एक भुल थियो । म त खुशी छु किनकी तिम्रो वियोगमा मैले आँसु लुकाएर हाँस्न सिँके मुटु टुक्राएर बाँच्न सिँके चोट भित्र पनि रम्न सिँके त्यो भन्दा बढी जिन्दगी जिउन सिँके ।
आज तिमी मेरो बास्तबिक संसार भन्दा धेरै टाढा छौ मेरो ब्यक्तिगत चाह भन्दा नितान्त अलग छौ तर पनि तिम्रा जिन्दगीले छाड्नै सकेन मलाई कहिले काँही डर लाग्छ मलाई कतै पराइले तिमीलाई धोका दिन्छ कि भनेर । म जस्तै कतै बेसाहारा हुन्छौ कि भनेर मैले जस्तै कतै आँसुमा पौडिन्छौ कि भनेर म त पिडा र आँसुले पुर्रिसकेको मान्छे जस्तै चोटमा पनि बाँच्न सक्छु । तर तिमी त सुख र खुशीले उन्माद मान्छे शहरको महलमा हुर्किएको मान्छे । न थाहा छ तिमीलाइ दुख कस्तो हुन्छ न अनुभब छ तिमीलाइ आँसु कस्तो हुन्छ न बुझेकी छौ तिमीले पिडा कस्तो हुन्छ । यसैले त हरपल पिरोल्छ मलाइ तिम्रा खुशीहरु नलुकिउन तिम्रा सुखहरु नसाटिउन तिम्रा चाहनाहरु नमेटिउन । बस यहि कामना तिमीलाइ सदैब यो पागलको ।

उहि पागल
...........

www.tips-fb.com

1 comments:

प्रबिण थापा said...

really heart touching. B happy bro tak it easy u wil get better than her. U wil find one who loves u really from top to bottom of her heart.