जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

2:14 AM Edit This 1 Comment »
     
      अबिष्मरणिय चुम्बन जन्मौ जन्मान्तर सम्म
             
             विवस छु मुटु कठोर बनाएर शब्दरुपी बाणले तिम्रो मुटुमा तिर रोप्न यि शब्दहरु कोर्न खोज्दा काँपि रहेछ हात हरु थरथरी ,आँखाबाट आँशु झरिरहेछ बरबरि मन भारिभएको तर पनि अन्तिम पटक बिदाइका शब्दहरु उपहार स्वरुप तिमीलाइ प्रेषित गर्दैछु आशा मेरो मनको भाबना हरु बुझेर दुइ अक्षरको एक शब्द माफी दिनेछौ
हिजो पनि तिमीलाइ माया गर्थे तिम्रै थिएँ आज पनि तिम्रै हुँ यो मेरो मन मुटु भित्र केबल तिमी नै छौ सदैब अमिट छाप बनेर तिम्रो तस्बिर सज्जिने मा सायद त्यति बेला मात्र तिमीबाट अलग्गिने छु जति बेला यो संसार छाड्नेछु मेरा प्राण पखेरु उडेर माथि क्षितिजभित्र विलिन हुनेछ
मलाइ फिटिक्कै गुनासो छैन दुख नै झन खुशि लागेको यि शब्दहरु लेखिरहँदा भगवानले ठगेको अभागिनीलाइ तिमीले मायालु स्पर्ष दियौ सदा सर्बदा यस्तै न्यानो स्पर्षमा रमाउन पाउँ यहि कामना सदैब रहनेछ मा चाहना थियो जिबनभर तिम्रो सेबाग्रही भएर बाँचु तर यो दुनियाँले मलाइ त्यो सौभाग्य(Read More)

बिदाइको दुई शब्द छाडि जाने मायालुलाई

              "बाँदर क्या जाने अद्रखका स्वाद
  माथिका यि हरफहरु तिमिले प्रेषित गरेको पहिलो एसएमएस हो , जो मैले जस्ताको तस्तै साभार गरेको छु । शब्द कोस पल्टाएँ शुरुवात गर्ने कनै शब्द नै भेटिन न भेटे संबोधन गर्ने कनै शब्द नै त्यसैले त बिना संबोधन तिमिले पठाएको पहिलो एसएमएस बाट नै हरफहरु रंगाउने प्रयास गरें । त्यतीबेला मैले माथिका ति हरफहरुको अर्थ नै बुझिन या बुझ्न नै चाहिन तर आज बल्ल बुझे अर्थ प्रष्टै रहेछ । बधाइ छ तिमीलाइ अद्रखको स्वाद चखायौ ।
मरुभमिको उराठलाग्दो जीन्दगीबाट निसास्एिर भर्खर फर्केको म मा तिमी बसन्तको पालवा बनेर मेरो जीन्दगीमा प्रवेस गर्यौ । म डुबें तिम्रो निस्चल नयनभित्र म गढें तिम्रो मधुर आवाज भित्र म लटिठए तिम्रो मन्द मुस्कान भित्र त्यसैले त म फक्रदै गएँ मध्यरातको त्यो तिम्रो फोन सँगै म गल्दै गएँ मध्य दिनको त्यो तिम्रो साथ सँगै(Read More) 
www.tips-fb.com

1 comments:

बिजय कुमार श्रेष्ठ said...

नमस्कार हजुर धेरै राम्रो छ सर